• मंसिर १८ २०८१, मंगलवार

सडकमा पैसा टिप्नेहरुले गरे सडक जाम

मंसिर ५ २०७८, आईतवार

 काठमाडौँ। शुक्रबार बिहान अमेरिकाको एउटा शहरमा एउटा अचम्मको दृश्य देखियो । त्यहाँ गाडीबाट झरेको पैसा टिप्नेहरुको भिंडका कारण सडक जाम भयो । स्थानीय समय अनुसार शुक्रबार बिहान क्यालिफोर्नियाको सान डियागो काउण्टीको इण्टरस्टेड ५ राजमार्गमा यस्तो भएको हो ।

सो राजमार्गमा गाडीबाट पैसा खस्न थालेपछि खसेका पैसा टिप्नेहरुको भिड लागेर सडक नै जाम भएको थियो । सामाजिक संजालहरुमा देखिने भिडियोहरुमा सडकमा मानिसहरु गाडीबाट झरेर सडकभरि रहेका डलरका नोटहरु हतार हतार गरेर टिपेका देखिन्छन् । अमेरिकी प्रहरीका अनुसार गाडीका चालकहरुले समेत गाडी रोकेर सो खसेको पैसा टिप्न निस्कँदा त्यहाँको राजमार्ग जाम भएको थियो । पैसा बोकेको एउटा गाडीको ढोका बीच सडकमा खुलेको कारण सो घटना भएको सान डियागो ट्रिब्युनले उल्लेख गरेको छ ।

सो राजमार्गमा गस्ती गर्ने अमेरिकी प्रहरीका गस्ती अधिकृत जीम बेट्टेनकोर्टले भने,‘सडकभरि नोटहरू उडिरहेका थिए । गाडीहरु रोकिएका र मानिसहरुले डलरका नोटहरु टिपिरहेका थिए ।’ उनले भनेका छन्,‘जीवनमा मैले देखेको सबिभन्दा गज्जवको दृश्य थियो त्यो ।’

त्यसरी खसेको पैसा टिप्ने केहीलाई प्रहरी गिरफ्तार गरेको छ भने ती पैसा टिपेर लिएर गएकालाई पैसा फिर्ता बुझाउन अनुरोध पनि गरेको छ । प्रहरीको आग्रह स्वीकार गर्दै सडकमा पैसा टिपेकामध्ये कहिले सो पैसा फिर्ता समेत गरेका छन् ।