• मंसिर १३ २०८१, बिहीबार

१२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई फाइजर खोप दिन शुरु

मंसिर ५ २०७८, आईतवार

काठमाडौँ। कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिन थालिएको छ। कार्तिक २८ गतेदेखि हिजोसम्म यो खोप १२ बर्ष देखि १८ सम्मका दीर्घ रोगीलाई दिईदै आएको थियो ।
बाँकी रहेको खोप आजबाट १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिन लागेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले बताए।
खोप मौज्दात कम भएकोले खोप करिब २८ सय बालबालिकालाई खोपदिने खोप शाखाले जनाएको छ।

कोभ्याक्स सुविधा अन्तरगर्त नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौँ उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिक देखि लगाउन सुरु गरिएको हो ।
यसको दोस्रो मात्रा ४ साता पछि अर्थात २७ मंसिर देखि २ पुस सम्मका लागि तय गरिएको छ ।