• मंसिर १५ २०८१, शनिबार

माओवादी केन्द्रलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको प्रचण्डको टिप्पणी

मंसिर ४ २०७८, शनिबार

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको टिप्पणी गरेका छन् ।

शनिबार रौतहटको कटहरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले आफू र आफ्नो पार्टीलाई सिध्याउन चितवनमा महाधिवेशन गर्न लागे पनि जनताका तागतअघि केही नलाग्ने बताएका छन् । ‘तपाईंहरुले बुझ्नुभयो होला । उनीहरु किन चितवन गएका हुन् । प्रचण्ड र माओवादीलाई माया गर्न गएका होइनन् । सिध्याउन गएका हुन् । तर जनताका अगाडि दुनियाँको कुनै पनि तागतको केही पनि लाग्ने छैन,’ उनले भने, ‘हामी जित्ने छौं । आउने निर्वाचनमा माओवादी पार्टी ६४ सालको जस्तै १ नम्बर पार्टी बन्ने पूरै सम्भावना छ ।’

अध्यक्ष दाहालले रौतहटवासीलगायत माओवादी नेता, कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न निर्देशन दिए ।