• मंसिर १५ २०८१, शनिबार

आगामी चुनावमा एमालेले परिवार दलसित सहकार्य गर्छ : ओली

मंसिर ४ २०७८, शनिबार

काठमाडौं । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन शनिबार काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको नेकपा एमाले अध्यक्ष ओली, पूर्वउपराष्टपति परमान्न्द झा र परिवार दलका अध्यक्ष एकनाथ ढकालले पानसमा दिप प्रज्वलन गरी उद्धाटन गरे ।

महाधिवेशनमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको सफलताको कामना गर्दै अगामी निर्वाचनमा एमालेको परिवार दलसँग सहकार्य हुने बताए । उनले परिवार दल विकासप्रेमी र शान्तिादी पार्टी भएकाले एमालेले विगतमा पनि सहकार्य गरेको स्मरण गरे । ओलीले परिवार दलसित अगामी दिनमा पनि सहकार्य हुनेमा जोड दिए । ओलीले अहिले न्यायालयमा भइरहेको आन्दोलनको औचित्य नभएको पनि स्पष्ट पारे ।

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले सबैखाले विभेदको अन्त्य गरौं, सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौं भन्ने नाराका साथ तेस्रो राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिए । नेपाली समाजमा ठूला–ठूला परिवर्तन भएपनि राजनीतिक संस्कार परिवर्तन हुन नसकेको उनको भनाई थियो ।

अध्यक्ष ढकालले अहिले नेतृत्व गरिरहेका दलका नेताहरु पुरानै सोचबाट विचलित भएको बताए । सत्ता परिर्वतनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै उने आफ्नो दलले संस्कार नै परिवर्तन गर्न अगाडी बढेको बताए ।

ढकालले संविधानमा लेखिए अनुसार दलहरु नगएको समेत आरोप लगाए । ढकाले नेपाल एक प्रकृतिको मात्र देश नभएको भन्दै सबैलाई समेट्न आफ्नो दल लागेको बताए । ढकाले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने निर्णय गरेको पनि सुनाए । उनले भने, ‘प्रत्यक्ष राष्ट्रपति पनि हुनसक्छ, प्रधानमन्त्री पनि हुनसक्छ ।’

नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिबेशनमा देशभरी बाट चुनिएका १५०० प्रतिनिधि मध्ये ७०० जनाले भौतिक रुपमा उपस्थित भई सहभागी जनाउने छन् । बाँकीले अनलाइन मार्फत् सहभागिता जनाउने छन् । महाधिवेशनमा १०० जना पर्यवेक्षक, छिमेकी मित्र राष्ट्रका ५ जना विशिष्ट अतिथि समेत र बंगलादेश, थाइल्याण्ड लगायतका मित्र राष्ट्रका अतिथि पनि सहभागी रहेका छन् । चीन, अमेरिका, जापान, द.कोरिया, क्याम्बोडिया, पाकिस्तान, साउथ अमेरिका, युरोप, अफ्रिका र मध्यपूर्वका देशका विशिष्ट पाहुनाहरुले भिडियो मार्फत् शुभकामना दिनेछन् ।

अविेशनमा पूर्वउपराष्टपति परमान्नद झा, भारतीय जनता पार्टीका नेता नरेन्द्रकुमार चाउला, आम आदमी पार्टीका नेता अजय दत्त प्रोफेसर महेन्द पी लामा, नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह, समाजवादी पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह लगायतले बोलका थिए । उद्धाटन सत्रमा विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ ।