काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई माओवादीमा भित्र्याउन तयारी भइरहेको खुलेको छ ।
केही दिनअघि कैलालीमा पार्टीनिकट एक जनवर्गीय संगठनको कार्यक्रममा विप्लवले माओवादी केन्द्रसँग एकता हुनसक्ने संकेत गरेका थिए भने अहिले प्रवक्ता कृष्ण बहादुर महराले विप्लवलाई माओवादीमा भित्र्याउन तयारी भइरहेको खुलेको हो ।
जानकारहरुका अनुसार , “कृष्णबहादुर महराले विप्लवलाई महासचिव बनाएर माओवादी भित्र्याउन खोज्दैछन् । यसका लागि उनी सक्रिय छन् । प्रचण्डसँग पनि उनले यसबारे व्रिफिङ गरेका छन् ।”
पार्टीमा विप्लवको प्रवेश भए महरा उपाध्यक्ष हुने पक्का भएको छ । महरा-विप्लवको मित्रता युद्धकालदेखि नै राम्रो रहेको समेत जानकारहरु बताउछन् ।