• मंसिर १४ २०८१, शुक्रबार

धौलागिरि क्षेत्रमा हिम पहिरो

कार्तिक २८ २०७८, आईतवार

काठमाडौं । धौलागिरि हिमाल क्षेत्रमा आज हिमपहिरो गएको छ । आइतबार करिब साढे १२ बजेतिर हिम पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार थासाङ गापा मार्थि धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो। हिम पहिरो करिब ३० मिनेटसम्म जारी रहेको थियो ।

स्थानीयका अनुसार हिम पहिरोका धक्काको असर कोवाङ,लार्जुङ,बोक्सी खोला र नाउरिकोट समेतमा परेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले अहिले हिम पहिरो रोकिएको र कोवाङ प्रहरी चौकीका इञ्चार्ज नेत्र जिटीसहितको ६ जनाको प्रहरी टोली घटनास्थल अवलोकन गर्न पुगेको जनाएको छ।

घटनाबारे थप जानकारी संकलन गर्ने कार्य भइरहेको बताइएको छ।