• मंसिर १४ २०८१, शुक्रबार

टिप्पर र कार ठोक्किए, ४ भारतीयको ज्यान गयो

कार्तिक २८ २०७८, आईतवार

गौर । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चोकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा सवार ४ जनाको मृत्यु भएको छ ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको युके १२८÷२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै शनिवार राती ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा खसेको थियो ।

दुर्घटना लगत्तै प्रहरीले कारमा सवार चारै जनालाई उद्वार गरि तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २० देखि २५ वर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।
भारत बिहारमा मदिरामाथि प्रतिबन्ध लगाइएकाले सिमावर्ती भारतीय बजारका मानिसहरु मदिरा सेवन गर्न गौर चन्द्रनिगाहपुर लगायतका बजारमा आउने गर्दछन् । चन्द्रनिगाहपुरबाट अत्यधिक मदिरा सेवन गरेर भारत तर्फ फर्किनेक्रममा उक्त दुर्घटना भै चारैजनाको ज्यान गएको हुनसक्ने स्थानीयहरुले अनुमान गरेका छन् ।

केहिदिन अघि मात्र बारा पथलैयाबाट मदिरा सेवन गरि फर्किनेक्रममा कार र टिपर एक आपसमा ठोकिँदा ३ जना भारत रक्सौलका युवाहरुको ज्यान गएको थियो ।