• मंसिर १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप २९५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

कार्तिक २७ २०७८, शनिबार

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,२२५ पीसीआर परीक्षणमा २६० र ३,०१८ एन्टिजेन परीक्षणमा ३५ जना गरी जम्मा २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४७८ रहेको छ । संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७,२७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ७९, ललितपुरमा ३३, भक्तपुरमा ६, झापामा ३०, कास्कीमा १६, मोरङमा १३, नवलपरासी पूर्वमा ८, कैलालीमा ७, सुनसरीमा ६, महोत्तरी र रुपन्देहीमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।