• मंसिर १४ २०८१, शुक्रबार

सर्वोच्च अदालतको विवादमा सत्तारुढ गठबन्धनको साझा धारणा छिट्टै आउनेछ : प्रचण्ड

कार्तिक २६ २०७८, शुक्रबार

काठमाडौं  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वोच्च अदालतमा देखिएको विवादमा सत्तारुढ गठबन्धनको साझा धारणा छिट्टै्टै आउने बताएका छन् ।

माओवादी केन्द्र भोजपुरले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले न्यायलय विवादमा मुछिनु राम्रो नभएको बताए । उनले भने, ‘न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वोच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझा धारणा छिट्टै बाहिर ल्याउँछौँ ।’

प्रचण्डले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र विरोधी तथा प्रतिगामी तत्वले राजनीतिक व्यवस्था उल्ट्याउन कोसिस गरे पनि जनताको चेतना र राजनीतिक नेतृत्वको विवेकका कारण उनीहरू सफल हुन नसकेको बताए । उनले प्रतिगामी षड्यन्त्रमा नेकपा एमालेका नेता केपी शर्मा ओली, राजावादी र विदेशी शक्तिहरू संलग्न रहेको आरोप लगाए ।