• मंसिर १४ २०८१, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा त्रिचन्द्र क्याम्पसअगाडि मसाल जुलुश प्रदर्शन

कार्तिक २६ २०७८, शुक्रबार

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा त्रिचन्द्र क्याम्पसअगाडि मसाल जुलुश प्रदर्शन गरिएको छ ।

अनेरास्ववियुले आज मसाल जुलुश निकालेको छ । एमालेनिकट अनेरास्ववियुले हिजोदेखि देशव्यापी रुपमा आन्दोलन थालेको हो ।

अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा गरिएको सो प्रदर्शनमा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य गोविन्द थपलियाले अविलम्ब मूल्यवृद्धि फिर्ता लिन चेतावनी दिएका छन् ।

उनले भने,‘यो जनतामारा सरकार हो । यो अपवित्र गठबन्धनको सरकार हो । अहिले यसले जनताको ढाड सेक्नेगरि मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धि फिर्ताको लागि परमादेशी सरकारलाई चूनौतिा दिन्छौं । हाम्रो आन्दोलनलाई सामान्य ढंगले लिईयो भने यसको परीणाम नराम्रो हुन्छ, सरकारले बेलैमा सोचोस् ।’

मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राखिने अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिएका छन् ।