• मंसिर १४ २०८१, शुक्रबार

प्रचण्डको सचिवालयमा हेरफेर

कार्तिक २६ २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा हेरफेर भएको छ ।

हालै सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिएको छ @ महरा २०६० सालदेखि प्रचण्डको सचिवालयमा थिए ।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ललाई नयाँ स्वकीय सचिवको रुपमा राखिने चर्चा रहेको छ ।

यस्तै प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटालाई प्रेस सेन्टरमा केन्द्रित हुन भनिएको छ । तर उनको स्थानमा कसलाई ल्याउने भन्ने अझै टुङ्गो लागेको छैन ।

‘सचिवालयमा कसलाई राख्ने भन्ने निर्णय गर्ने अधिकार अध्यक्षलाई नै दिइएको छ,’ केन्द्रका एक नेताले भने ।