• मंसिर १४ २०८१, शुक्रबार

तथ्याङ्क विभागद्वारा उपराष्ट्रपति पुनको परिवारको विवरण सङ्कलन

कार्तिक २५ २०७८, बिहीबार

काठमाडौं । राष्ट्रिय तथ्याङ्क विभागले उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको विवरण सङ्कलन गरेको छ ।

आज (बिहीबार) राष्ट्रिय तथ्याङ्क विभागले उपराष्ट्रपतिको सरकारी निवास लैनचौरमा पुगेर उनीसहित परिवारको विवरण सङ्कलन गरेको हो ।

‘नेपालको राष्ट्रिय जनगणना २०७८’ आजबाट औपचारिक रुपमा सुरु भएसँगै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाको विवरण सङ्कलन गरेको हो ।

बिहीबारबाट देशभर सुरु भएको १२ औँ जनगणनामा ८० वटा प्रश्नहरू समावेश गरिएको छ । देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना सुरु गरेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि सुरु भएको जनगणना मङ्सिर ९ गतेसम्म चल्नेछ ।

देश भरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ ।