काठमाडौँ। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विषेश समारोहमा राष्ट्रपति कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेका हुन्।
मंगलबार नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानसेनापति दिल्ली पुगेका थिए।
त्यस्तै आजै भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावललगायतका अधिकारीहरुसँग शर्माले भेट्ने कार्यक्रम छ ।