काठमाडौँ। केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने बताएको छ । विभागले बुधबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सुरुमा कूटनीतिक माध्यमबाट सोही क्षेत्रमा गएर नै जनगणना गर्ने बताए । त्यो सफल नभए वा भारतले अनुमति नदिएकाे खण्डमा सेटलाइटका माध्यमबाट जनगणना गर्ने विभागको तयारी छ ।
‘उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको छ, त्यो असफल भए सेटलाइटका माध्यमबाट भए पनि औसत निकालेर सो क्षेत्रमा रहेको जनसंख्याको तथ्यांक ल्याउनेछौँ ‘,’उनले भने।
राष्ट्रिय जनगणना भोलिदेखि सुरु हुँदैछ ।