• फाल्गुन २६ २०८२, मंगलवार

सिन्धुपाल्चोकमा माइक्रोबस र्दुघटना, २० जना घाइते, एकको अवस्था गम्भीर

कार्तिक २३ २०७८, मंगलवार

सिन्धुपाल्चोकमा यात्रु वाहक माइक्रोबस र्दुघटना भएको छ। सिन्धुपाल्चोकको सदरमुका चौताराबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख २६१२ नम्बरको माइक्रोबास चौतारा साँगचोकगढी नगरपालिका–११ को पोखरेमा दुर्घटना भएको हो।

दुर्घटनामा परी २० जना घाइते भएका छन्। घाइते मध्धे एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
माइक्रोबस सडकबाट करिब २० मिटर तल खसेको छ।

पाँचपोखरी यातयातको उक्त माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।