• मंसिर १२ २०८१, बुधबार

यसरी काठमाडौँका सडकमै लगाइयो यस वर्षको भाईटिका (फोटो फिचर)

कार्तिक २१ २०७८, आईतवार

काठमाडौँ । राजधानीको खुला सडकमा भाईटिका लगाउने कार्यक्रम सम्पन्न भएको छ । ‘भोकालाई भोजन र प्यासीलाई पानी’ नारा दिएर वर्षदिन भन्दा बढी समयदेखि सडक आश्रित मानिसहरुलाई निःशुल्क खाना खुवाउँदै आएको जय महाकाल युवा समूहले ‘सडकमा भाईटिका कार्यक्रम’ गरेर यस वर्षको तिहार मनाएको छ ।

‘आउनुहोस् सडकमा भाईटिका लगाऔं, हामी कोही दिदीबहिनी र दाजुभाई विहीन छैनौं भन्ने सन्देश दिऔं’ भन्ने आह्वान गर्दै राजधानीको नयाँ बसपार्क नजिक चक्रपथको खुला सडकमा सो भाईटिका आयोजना गरेको समूहले कार्यक्रम भव्य रुपमा कार्यक्रमा सम्पन्न भएको बताएको छ ।


भाईटिकाको दिन बिहान साढे दश बजेबाट भाईटिका लगाउन सुरु गरेर दिउँसो एक बजेसम्म कार्यक्रम जारी रहँदा करिब दुईसय दाजुभाई र दिदीबहिनीहरुले भाईटिका लगाएको महासचिव मनिष विश्वकर्माले बताए ।

कार्यक्रममा भाईटिका लगाउन आएका दाजुभाईहरुलाई दिदीबहिनीहरुको तर्फबाट सेलरोटी, भाईमसला, फूलमाला, ढाँकाटोपी लगायतका उपहार प्रदान गरिएको थियो भने दाजुभाईहरुको तर्फबाट समूहका अध्यक्ष लिलानाथ भण्डारी लगायतले दिदीबहिनीहरुलाई दोसल्ला ओढाइ पछ्यौरा लगायतका विभिन्न उपहार प्रदान गरेका थिए ।

हेरौं थप तस्विरहरु ⇓