काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला समिति सदस्य मणिराज डंगोल माधव नेपाल नेतृत्वको नेकपा समाजवादीमा प्रवेश गरेका छन् ।
नेपाल संवत ११४२ को अवसर पारेर आज सो पार्टीका अध्यक्ष माधव नेपालको हातबाट टिका लगाएर उनी नेकपा एसमा प्रवेश गरेका हुन् । डंगोलले एमालेले आफ्नो राजनीतिक लगानीको सही मूल्यांकन नगरेको र नेवार समुदायलाई हेपेको जस्ता आरोप लगाएका छन् ।
डंगोलले लामो समयदेखि उपत्यका सम्पदा संरक्षण समितिमा रही ऐतिहासीक सम्पदा संरक्षणका लागि काम गर्दै आएका थिए । उनी एमालेको काठमाडौंको टोखा नगर समितिमा रहेर काम गर्दै आएका इमानदार कार्यकर्ता हुन् ।