• मंसिर १४ २०८१, शुक्रबार

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने

कार्तिक १५ २०७८, सोमबार

काठमाडौँ। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । आजको प्रदेशसभाको बैठकमा आचार्यले सम्बोधन गरेर राजीनामा दिने भएका हुन् । सभाको बैठक साढे १२ बजे बस्‍दैछ ।

आजको प्रदेशसभामा विश्‍वासको मत लिन लागेका मुख्‍यमन्‍त्री आचार्यले विश्‍वासको मत पाउने सम्भावना नभएपछि राजीनामा दिन लागेको स्रोतले बताएको छ । मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर कांग्रेसभित्रको किचलो र नेकपा एमालेको आग्रहका कारण बैठक आजसम्मका लागि सारिएको थियो ।