• मंसिर १४ २०८१, शुक्रबार

प्रधानन्यायाधीश जबराले गरे सम्मानजनक निकासको प्रस्ताव

कार्तिक १४ २०७८, आईतवार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सम्मानजनक निकासको प्रस्ताव गरेका छन् ।

सर्वोच्च अदालतका अरु न्यायाधीशको तर्फबाट छलफलका लागि गएका न्यायाधीशसमक्ष उनले आफ्नो सम्मानजनक निकासको प्रस्ताव गरेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँगको छलफलका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेका छन् । आइतबार बसेको न्यायाधीशहरूको बैठकले सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्माको तीन सदस्यीय वार्ता कमिटी गठन गरेको हो।