• मंसिर १४ २०८१, शुक्रबार

सर्वोच्चमा अर्को समूह सेतो पट्टी बाँधेर प्रदर्शनमा

कार्तिक १४ २०७८, आईतवार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएसनले धर्ना गरिरहेको वेला एउटा अर्को समूहले भने हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ। बारले राखेको राजीनामाको मागमा असहमति जनाउँदै उक्त समूहले प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गरेको हो।

संवैधानिक प्रक्रियाविपरीत बलजफ्ती प्रधानन्यायाधीशको राजीनामा माग र सर्वोच्चका न्यायाधीशहरूको इजलास बहिष्कारप्रति उनीहरूले असहमति राखेका हुन्।

बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरिरहँदा अर्को समूहले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको हो।

बारका सबै मागप्रति सहमत नभएका केही कानुन व्यवसायीहरूले भने हातमा कालो र सेतो दुवैपट्टी बाँधेर प्रदर्शन गरिरहेका छन्।