काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबार विहान १० बजेबाट कालोपट्टी बाँधेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।
उनीहरुले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर काम थाल्ने जनाएका छन् । अदालतकोविरुद्धमा नभइ न्यायालयमा शुद्धीकरणका लागि आन्दोलन थालिएको उनीहरुले बताएका छन् ।
प्रधानन्यायाधीश जबराले राजीनामा दिएर न्यायपालिका सुधारका लागि मार्गप्रशस्त गर्नुपर्ने उनीहरुको अडान छ । तर प्रधानन्यायाधीश जबराले भने राजीनामा नदिने अडानमा छन् ।