काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा करोडौंको सामानको प्रयोग गरेको भन्ने भनाइप्रति खण्डन गरेका छन् । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली प्रधानमन्त्री हुँदा करोडौंको विदेशी सामानहरु प्रयोग गर्ने गरेको बताएका थिए।
शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आज खण्डन गरेका हुन्।
‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे, केको सरकारी पैसामा किन्नु ? प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुपर्यो होला। भाँडाकुँडा चाहियो होला। मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडा चाहियो ?,’ ओलीले भने,‘थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौंको भाँडाकुँडा किन चाहियो ?’