• मंसिर १४ २०८१, शुक्रबार

न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

कार्तिक १३ २०७८, शनिबार

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले न्यायालयमा देखिएको समस्याको विषयमा चाँडै गठबन्धनबाटै साझा धारणा सार्वजनिक गर्ने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने “गठबन्धनको बैठकमा अहिलेसम्म न्यायालयमा देखिएको समस्याको विषयमा छलफल भएको छैन । नेताहरु कार्यव्यस्तताले गर्दा काठमाडौँ बाहिरै छन् । काठमाडौँमा नेताहरु उपलब्ध भएपछि केही दिनभित्रै छलफल गरेर गठबन्धनको साझा धारणा सार्वजनिक गर्नेछौँ ।”

यस विषयमा व्यक्तिगत धारणभन्दा पनि साझा धारणा नै सार्वजनिक गर्ने प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ थियो ।

उनले प्रतिपक्षी दलले संविधानको मर्म भावनाविपरीत अनावश्यक रुपमा संसद् अवरुद्ध गरेकोले अब चाँडै अध्यादेशबाट भएपनि   महत्वपूर्ण विधेयकहरु अगाडि बढाउने बताए ।