• मंसिर १३ २०८१, बिहीबार

बाग्मती प्रेदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

कार्तिक ११ २०७८, बिहीबार

मकवानपुर । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् । नेता पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

बुधबार अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले उपलब्ध गराएको समय बिहीबार दिउँसो ३ बजेसम्ममा बहुमत सदस्यको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले आजै पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् ।  उनीसँगै नेपाली कांग्रेसका प्रदेशससभा सदस्य कृष्ण भँडेल, नेकपा (एकीकृत समाजवाद)का कृष्ण खनाल र नेकपा (माओवादी केन्द्र)का सांसद् कुमारी मोक्तानले मन्त्री पदको शपथ लिँदै छन् ।