• मंसिर १३ २०८१, बिहीबार

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध

कार्तिक ११ २०७८, बिहीबार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेका हुन्।

उनीहरूले ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’, ‘संसदीय मर्यादा कायम गर’लगायत नारा लगाएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आम जनजीविकाका विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्दै बैठकको कारबाही अघि बढाएका छन् ।