काठमाडौँ। । प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।
तर,एमालेले भने बिहीबार पनि सदन अवरुद्ध पार्ने तयारी गरेको बुझिएको छ। आफूहरुले उठाएका माग सम्बोधन नभएको भन्दै नेकपा एमालेले २३ भदौबाट लगातार संसद् अवरोध गरिरहेको छ।