• मंसिर १३ २०८१, बिहीबार

स्वतन्त्र न्यायपालिकाको सम्मान गर भन्दै प्रदर्शनमा उत्रिए विवेकशील साझाका नेताहरु

कार्तिक १० २०७८, बुधबार

काठमाडौं । विवेकशील साझा पार्टीका नेताहरू आज माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् ।

उनिहरुले आज बुधबार ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गर’, ‘नेताहरु न्यायालयमा हस्तक्षेप नगर’ लगायतका नारा बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।

पछिल्लो समय सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिएको छ । नेपाल बार एशोसिएसनले त राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने निर्णयसमेत गरिहेको छ । सर्वोच्च अदालतकै १४ जना न्यायाधीशले आईतबारदेखि ईजलाश बहिष्कार गरिसकेका छन् ।