काठमाडौं । बागमती प्रदेशमा भोलि दिउँसो ३ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरिएको छ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेशप्रमुख समक्ष लिखित राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको चयन प्रक्रिया सुरु भएको हो ।
विज्ञप्तिमा मार्फत प्रदेश प्रमुखको कार्यालयले दुई वा दुईभन्दा बढी दलहरूबाट बिहीबार दिउँसो ३ बजेभित्र प्रदेश प्रमुखको कार्यालसमक्ष मुख्यमन्त्री बन्नका लागि दाबी पेस गर्न आह्वान गरेको छ ।
नयाँ मुख्यमन्त्रीमा विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई नयाँ मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको छ ।