• मंसिर १३ २०८१, बिहीबार

सार्वजनिक शिक्षा मेरो पहिलो प्राथमिकता : शिक्षामन्त्री पौडेल

कार्तिक १० २०७८, बुधबार

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताका हुन्।

‘निजीको हामी विरोधी होइनौं,’ मन्त्री पौडेलले भने, ‘निजी क्षेत्रलाई नीति दिएर नियमन गरी सार्वजनिक शिक्षा सुधार गर्ने हाम्रो लक्ष्य हो ।’

सार्वजनिक शिक्षाको सुधारका विषयमा आफूले अध्ययन गरिरहेको बताउँदै केही समयमा नतिजा देखिने गरी काम हुने उनले बताए ।

‘अहिले शिक्षाभित्रका समस्या, चुनौतिका विषयमा शुष्म अध्ययन गरिरहेको छु,’ उनले भने, ‘आफ्नो कार्यअविधिमा हुन सक्ने काम हुन्छ ।’
काभ्रे काठमाडौंबाट नजिकै भएकोले पूर्वाधार विकासमा अझै प्रगति भएका स्थानीयको जीवनस्तर सुध्रने उनको भनाइ छ ।