• मंसिर १३ २०८१, बिहीबार

मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा

कार्तिक १० २०७८, बुधबार

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गरेकी छन् । शाक्यले आज (बुधबार) प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै राजीनामाको घोषणा गरेकी हुन् । शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।

उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरिन् ।