• मंसिर १३ २०८१, बिहीबार

न्यायालय विवाद : सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा

कार्तिक १० २०७८, बुधबार

काठमाडौँ। सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । न्यायालयभित्र बढ्दो विवादकाबीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

सर्वोच्च अदालतमा समाचार संकलनका लागि खटिएका पत्रकार समेतलाई सर्वोच्चो प्रशासनको आदेश भन्दै प्रवेशमा कडाइ गरिएको छ । यस्तै रामशाहपथ क्षेत्रमा सुरक्षा बढाइएको छ ।

पछिल्लो केही दिनयता न्यायाधीसहरुसहित नेपाल बारसमेतले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिने बरु महाभियोग लागे त्यसको फेस गर्न तयार रहने बताउँदै आएका छन् ।