• फाल्गुन २६ २०८२, मंगलवार

थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

कार्तिक १० २०७८, बुधबार

काठमाडौँ। चीनबाट थप १० लाख २० हजार डोज कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले कोभ्याक्ससँगको ‘कस्ट सेयरिङ’ योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज भेरोसेल मध्येबाट पहिलो लटमा १० लाख २० हजार डोज खोप बुधबार बिहान नेपाल आइपुगेको हो। उक्त खोप टेकुस्थित भण्डारणमा राखिने बताइएको छ।

यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।