• मंसिर १३ २०८१, बिहीबार

झारफुक गर्ने बहानामा टोकेर श्रीमती र छोरीको हत्या

कार्तिक ९ २०७८, मंगलवार

इलाम। झारफुक गर्ने बहानामा इलामको देउमाई नगरपालिकाका पूर्णचन्द्र तामाङले आफ्नै श्रीमती र छोरीको टोकेर हत्या गरेका छन्। देउमाई नगरपालिका ५ बारुङको आफनै घरमा धामी बसेका तामाङले मंगलबार बिहान ३ बजे आफनी ३४ वर्षिया श्रीमती सीता तामाङ र १६ वर्षिया छोरी दिक्षा तामाङलाई शरीका बिभिन्न भागमा टोकेरै हत्या गरेका हुन्। आफू धामी उत्रिएको बताउने तामाङले आफनै घरको पूजा कोठामा झारफुक गर्ने भन्दै श्रीमतीको पहिला हत्या गरेका थिए। श्रीमतीको हत्या पछि छोरीलाई पनि झारफुक गर्ने भन्दै उक्त पूजा कोठामा एक्लै लगेर हत्य गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

एक्ला एकलै झारफुक गर्न भन्दै पूजा कोठामा लगेर हत्या गरेको तामाङले प्रहरीलाई बयान दिएका छन् । प्रहरीका अनुसार तामाङकी श्रीमती बेलाबखत बेहोस हुने गरेको र सोही क्रममा झारफुक गर्ने क्रममा उनले श्रीमती र छोरीको हत्या गरेको बताइएको छ । घटनालगत्तै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।