• मंसिर १३ २०८१, बिहीबार

मनपरी भाडा असुली बन्द गर्न चेतावनी

कार्तिक ९ २०७८, मंगलवार

काठमाडौँ । अखिल (क्रान्तिकारी)ले सार्वजनिक सवारी साधनहरुमा अप्रत्यासित र मनपरी ढंगले भाडा असुल्ने काम भएकोप्रति चासो व्यक्त गरेको छ । क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन (अखिल क्रान्तिकारी)ले हालै यातायात व्यवसायीहरुले यात्रुहरुबाट मनपरी ढंगले भाडा असुलिरहेको र यात्रुहरुबाट ठूला नोट लिएर फिर्ता गर्नुपर्ने पैसा समेत खल्ला नभएको बहानामा फिर्ता नगरेको भन्दै सो कार्य बन्द गर्न माग गरेको हो ।

यसका साथै यही कात्तिक सात गतेदेखि त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानले चिकित्सा शिक्षाका विद्यार्थीहरुबाट लिने गरेको परिक्षा शुल्क चारगुणा वृद्धि गरेकोप्रति पनि खेद व्यक्त गरेको छ । सो संस्थानले परिक्षा शुल्क वृद्धि गरि २५ सयबाट बढाएर एकाएक ९ हजार पुर्याएको भन्दै संस्थानको सो कार्यप्रति संगठनले खेद व्यक्त गरेको हो ।

संस्थानको शुल्क बढाउने सो कार्यलाई क्रान्तिकारीले ‘माफिया र दलाल पोस्ने निर्णय’ भन्दै सो निर्णय खारेज गर्न जोडदार माग गरेको छ ।

अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा प्रेषित एक विज्ञप्तिमा उल्लेख गरिए अनुसार सार्वजनिक यातायातमा हालैदेखि भएको ‘मनपरी रोकेर’ अविलम्ब वैज्ञानिक भाडादर कायम गर्न नेपाल सरकार र सम्बन्धित पक्षसँग जोडदार माग गरिएको छ भने यसरी यात्रुहरुप्रतिको लूट नरोकिए आफूहरु शसक्त संघर्षमा उत्रन बाध्य हुने बताइएको छ ।

हेरौं विज्ञप्ति ⇓

अखिल (क्रान्तिकारी)को विज्ञप्ति