• मंसिर १३ २०८१, बिहीबार

प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको छलफल सकियो

कार्तिक ९ २०७८, मंगलवार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरू बीचको छलफल सकिएको छ । प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि १५ जना न्यायाधीशले सामूहिक रूपमा भेटेर आफ्ना धारणा प्रस्तुत गरेका हुन् । प्रधानन्यायाधीश र न्यायाधीशहरू बीचको छलफलमा भएको कुराकानी बारे भने अहिलेसम्म केहि सार्वजनिक गरिएको छैन।

प्रधानन्यायाधीश जबरासँगको भेटपछि न्यायाधीशहरू पुन: सामूहिक छलफलमा बसेका छन्। प्रधानन्यायाधीशसँगको छलफल र सामूहिक छलफलका कारण मंगलबार पनि इजलास प्रभावित हुने भएको छ । सोमबार पनि न्यायाधीशहरू इजलासमा नबसेर आपसी छलफलमा जुटेका थिए ।