• मंसिर १३ २०८१, बिहीबार

प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरूबीच छलफल सुरु

कार्तिक ९ २०७८, मंगलवार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच छलफल सुरु भएको हो ।

प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि दबाब बढ्दै गएको छ । सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् ।

यसअघि सोमबार बसेको १४ जना न्यायाधीशहरूको बैठकले आजको भेटमा कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश जबराबारे उठेका प्रश्नहरुबारे सोध्ने र उनको प्रतिक्रिया हेरेर थप कदम चाल्ने निर्णय गरेको थियो ।