• मंसिर १३ २०८१, बिहीबार

पाँचथर बस दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो

कार्तिक ८ २०७८, सोमबार

पाँचथर । पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । उपचारका लागि समर्पित अस्पताल पु-याइएका कुम्मायक गाउँपालिकाका प्रमिला देवान, निश्चल देवान, आशिका मगर र मोरङका प्रज्वल मगरको मृत्यु भएको हो ।

त्यस्तै उक्त दुर्घटनामा गम्भीर घाइते भएका १५ जनालाई हेलिकोप्टरमार्फत् वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर गरिएको छ ।

त्यस्तै बाँकी गम्भीर घाइतेहरुलाई पनि घाइतेका परिवारले इच्छाएका अस्पतालहरुमा हेलिकोप्टरमार्फत् थप उपचारका लागि लाने तयारी भइरहेको बताइएको छ । फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो ।

अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरु घाइते भएका थिए ।