काठमाडौँ। नेपाल बार एसोशिएसन पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने पक्षमा उभिएको छ। बारको सोमबार दिउँसो बसेको बैठकले अब प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत सम्हाल्न नसक्ने निषकर्ष निकालेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।
‘प्रधानन्यायाधीशबाट नै निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘औपचारिक निर्णयचाहिँ मंगलबार मात्रै सार्वजनिक गर्छौँ।’
बारले यसबारेमा थप छलफलका लागि नेपाल बारका सदस्य, उपत्यकामा रहेका पदाधिकारी, सल्लाहलकार र पूर्वपदाधिकारीबीच मंगलबार बृहत् छलफल गर्ने भएको छ।
यसअघि सोमबार नै बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले पनि अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश जबरा रहेकाले उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।