• मंसिर १३ २०८१, बिहीबार

सर्वोच्च अदालतका १४ न्यायाधीशहरुको बैठक जारी

कार्तिक ८ २०७८, सोमबार

काठमाडौँ। सर्वोच्च अदालतका १४ न्यायाधीशको छलफल आज (साेमबार) पनि जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्चका १४ न्यायाधीशको बैठक बसिरहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

आइतबार प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाएका थिए। यद्यपि, न्यायाधीशहरुको छलफलपछि फुलकोर्ट बैठक बस्ने–नबस्नेलगायत थप निर्णय हुने बताइएको छ ।

प्रधानन्यायाधीश जबराले एजेण्डामा छलफल नै नगरी नेपाल बार एशोसिएसनका पदाधिकारीलाई आमन्त्रण गरेर बैठक बोलाएपछि १४ जना न्यायाधीशहरू असन्तुष्ट बनेका थिए।