काठमाडौँ। काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले सोमबार बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।
तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु भागेर भारत हुँदै नेपाल आइपुगेको बताइएको छ।