• मंसिर १३ २०८१, बिहीबार

सोमबार फूलकोर्ट बोलाउने प्रधानन्यायाधीशको प्रतिवद्धता, मंगलबारदेखि गोलाप्रथाका आधारमा पेसी तोक्ने सहमति

कार्तिक ७ २०७८, आईतवार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाल बार एशोसिएसनका पदाधिकारीकबीचको भेटघाट सकिएको छ । प्रधानन्यायाधीश जबरामाथि उठेको प्रश्न तथा न्यायपालिका शुद्धिकरण र सुदृढिकरणका विषयमा छलफल भएको बताइएको छ ।नेपाल बारका पदाधिकारीले आइतबार ११ बजेदेखि २ बजेसम्म प्रधानन्यायाधीश जबरासँग अहिलेको विवादबारे छलफल गरेका थिए ।

पछिल्लो समय न्यायपालिकाको नेतृत्वका बारेमा उठेका सबै विषयमा छलफल भएपनि निष्कर्ष भने केही ननिस्केपछि बारले सोमबार फुलकोर्टसँग छलफल गर्ने तय गरेको छ। त्यसपछि के गर्ने भन्ने धेरै कुराको तय हुने बताइएको छ ।

आइतबारको प्रधानन्यायाधीश र बारका पदाधिकारीको भेटमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोक्ने सहमति पनि भएको नेपाल बारले जनाएको छ।

बारका पदाधिकारीले सोमबार साढे १ बजे फुलकोर्टसँग छलफल गर्ने समय तय भएको छ ।