• मंसिर १३ २०८१, बिहीबार

प्रधानन्यायाधीश जबरा र बारका प्रतिनिधिबीच छलफल शुरु

कार्तिक ७ २०७८, आईतवार

काठमाडौँ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाल बार एशोसिएशनका प्रतिनिधिबीच भेटवार्ता शुरु भएको छ ।
आइतबार बिहान प्रधानन्यायाधीश जबरालाई भेट्न बारका प्रतिनिधि सर्वोच्च पुगेका थिए। अहिले प्रधानन्यायाधीश र बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीबीच छलफल भइरहेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए।

शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समय सीमासहित प्रतिबद्धता जनाउन सर्वोच्चलाई १५ दिनको समय दिएको थियो ।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित न्यायालयका विकृति नियन्त्रणका उपाय सुझाउने समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न बारले १५ दिने समयसीमा दिएको हो । उक्त प्रतिवेदनमा गोला प्रथाबाट पेशी तोक्न सुझाव दिइएको थियो ।