काठमाडौँ। नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग देखिएको बताएका छन्।
शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा शुक्रबार कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामाप्रति संकेत गर्दै १० बुँदेको बिजोग देखिएको बताए ।
उनले एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको बताए ।
‘…आदेशको पालना गर्यो भने स्याबास ! बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ ट्याउँ गरेको कति ट्याउँ ट्याउँ गरेको १० बुँदेको…’ उनले भने, ‘सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ । १० बुँदे भन्ने साथीको कस्तो हरिविजोग । छैन कुनै मर्यादा । कुनै सम्मान छैन ।’
एमालेमा कुनै सम्मान र छलपल गर्ने शैलीको निर्माण नभए पछि आफूहरुले एमालेबाट विद्रोह गरेर बाहिरिएको उनको भनाइ छ।