सुर्खेत। सुर्खेतमा बेवारिसे बम बिस्फोट हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर ७ मा रहेको कट्कुवा सामुदायिक बनमा बम बिस्फोट हुँदा दुई जना घाइते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बम विस्फोट हुँदा दैलेखको गुराँस गाउँपालिका ६ का २१ बर्षिया लीला नेपाली र १४ बर्षिय नरेश परियार घाइते भएको बताएको छ । कार्यालय प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तिलका अनुसार घाँस दाउरा काट्न गएको समयमा बम बिस्फोट हुँदा दुवैजना घाइते भएका थिए ।
घाइतेहरुको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ । बिहान पौने ११ बजे बम बिस्फोट भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।