• मंसिर १३ २०८१, बिहीबार

पार्टीको इज्जत लुट्नेहरु गएपछि एमाले झन् बलियो भयो : केपी ओली

कार्तिक ६ २०७८, शनिबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बेइज्जत गरेर हुर्मत लिनेहरु बाहिरिएपछि पार्टी झनै राम्रो र बलियो भएको बताएका छन्।

जुम एप्समार्फत देशभरका ६ हजार ७ सय ४३ वटा वडाका अधिवेशनलाई शनिबारएक साथ उद्घाटन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहालले पार्टी छाडेपछि एमाले थप सशक्त भएर अघि बढेको बताएका हुन्।

‘पार्टीको बेइज्जत गर्नेहरु गइसके, अब पार्टी बलियो भएको छ। शुद्धीकरणले झन् राम्रो भएको छ’, उनले भने, ‘पार्टीलाई सरकारबाट हटाउने खेल गरियो। पार्टीमाथि आन्तरिक र बाह्य साँठगाँठबाट सरकार फेरबदल भयो। अब पार्टी नयाँ ढंगले अघि बढेको छ, झनै बलियो भएको छ।’