• मंसिर १३ २०८१, बिहीबार

अब प्रहरीका जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा `तँ´भन्न पाँइदैन

कार्तिक ५ २०७८, शुक्रबार

काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग भित्र विभागमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्नुपर्ने भएको छ ।

गृहमन्त्री बाल कृष्ण खाँणले तीनै सुरक्षा निकायलाई संगठनको छवि राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न संगठनभित्र एकले अर्कालाई गर्न ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजिपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।

गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले अब संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्दको प्रयोग हुने बताए। बोलचालमा सम्मानार्थी शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको बताउदै उनले भने -“मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ,” उनले भने,“अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन ।”