• मंसिर १३ २०८१, बिहीबार

प्रधानन्यायाधीशलाई बारको अल्टिमेटम : १५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गर्नु

कार्तिक ५ २०७८, शुक्रबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई नेपाल बार एसोसिएशनले १५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गर्न अल्टिमेटम दिएको छ ।

शुक्रबार बसेको बार एसोसिएशनको बैठकपछि विज्ञप्ति जारी गर्दै १५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने प्रतिवद्धता नआए न्यायिक नेतृत्वप्रति बारको विश्वास नरहने उल्लेख गरेको छ ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले न्यायालयका विकृति विसंगति हटाउनेबारे प्रतिवेदन दिएको र प्रधानन्यायाधीशले सो प्रतिवेदन कार्यान्वयन गर्ने जनाए पनि दुई महिनासम्म कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बारले जनाएको छ ।

प्रतिवेदनमा विकृति हटाउन प्रधानन्यायाधीशले पेशी तोक्ने नभई स्वचालित प्रणालीबाट तोक्नुपर्ने र त्यसका लागि प्रविधि तयार नहुँदासम्म गोला प्रथाबाट पेशी तोक्नुपर्ने सुझाव दिइएको छ ।