• मंसिर १३ २०८१, बिहीबार

विराटनगर विमानस्थल भोलिदेखि सञ्चालन हुने

कार्तिक ५ २०७८, शुक्रबार

काठमाडौं । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढी पसेर बन्द भएको विमानस्थल दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको छ । अब उडान तालिका बिहानबाट साँझ ५ बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालीन उडान भने तत्काल नहुने भएको छ ।

प्राधिकरण स्रोतका अनुसार तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने भएको हो । उपकरणहरु चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडान समेत हुने भएको छ । आईएफआर उडान भएको अवस्थामा रात्रीकालीन उडान समेत सम्भव हुन्छ ।