काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई बोलीचालीको भाषामा ‘तँ’ शब्दको प्रयाेग नगर्न निर्देशन दिएका छन्।
संगठनमा बोलचालमा माथिल्ला पदमा भएका तल्लो पदमा भएकाले ‘तँ’ भनेको सुनिएको बताउँदै उनले जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग निर्देशन दिएका हुन्।
मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अब सम्मानसहितको सेवा पनि सञ्चालन गर्न गृहमन्त्री खाँणले निर्देशन दिएको प्रहरीले जनाएको छ ।
मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनालको सहभागिता रहेको थियो ।