• मंसिर १३ २०८१, बिहीबार

प्रधानमन्त्री देउवा आज पनि बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै

कार्तिक ५ २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) पनि बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने भएका छन् ।

हिजो (बिहीबार) सुदूरपश्चिम प्रदेशको डोटी, बझाङ र डढेल्धुरामा भएको क्षतिको अवलोकन गरी त्यही क्षेत्रमा नै बसेका प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, काँग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर समेत निरीक्षणका लागि गएका छन् । कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रको हवाई निरीक्षणसमेत गरेका प्रधानमन्त्री देउवाले प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशनसमेत दिएका छन्।